जापानकाे गाई फार्मको अनुभव, नेपालमा भैंसी पालन
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
आम नेपाली युवाको पहिलो रोजाइ विदेश त्यसमा पनि कोरीया वा जापान जान पाए त संसार जितेको सम्झने नेपालीका लागि बागलुङका सुनिल श्रेष्ठ भने फरक उदाहरण हुनुहुन्छ । उहाँले जापानमा आर्जन गरेको पूँजी र सीपलाई गाउँ फर्किएर भैंसी पालनमा लगाउनुभएको छ । दुई वर्ष जापानको गाई फार्ममा काम गर्नुभएका बागलुङका सुनिल श्रेष्ठले गाउँ फर्किएर व्यवसायिक रुपमा भैसीपालन थाल्नुभएको हो ।