झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
झापामा आज थप तीन स्थानीय तहमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा दुई जना, मेचीनगरमा तीन जना र दमकमा नौ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये दुई जना भारतीय नागरिक छन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिनुभयो ।