बिमलराज डाँगी
रोल्पा भदौ २७ गते । लुङग्री गाउँ पालिका १ पाँङ ऐपेमा गए राति गोठ माथिबाट आएको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ । रातकोसाढे १२ बजे गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जनाकारी दिनुभयो ।
उनीहरु सँगै सुतेका मध्ये ५० वर्षीय हजुरआमा पहिरोमा च्यापिएर घाइते हुनुहुन्छ, घाइते हजुरआमाको उपचारको लागिप्रथामिक स्वास्थ्यचौकी सुलिचौर पठाएको लुङग्री गाउँपालिका १ का वडा अध्यक्ष मति पुनले जानकारी दिनुभयो ।
३० वर्षीय आमाननकली घर्ती मगरको भने स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्षपुनले बताउनुभयो । अध्यक्ष पुनका अनुसार मृत्यक बालकका बुवा ज्ञानसिंह घर्तीमगर करिव ८ वर्ष देखि सम्र्पकमा हुनुहुन्न उहाँ मजदुरी गर्न भारत जानुभएको थियो । हजुरबुवा अहिले मजदुरीकै क्रममा गोरखामा हुनुहुन्छ ।
परिवारको आर्थिक अवस्था नाजुक छ । राहातका लागि छिटै नै वडा र गाउँपालिकासँग छलफल तथा समन्वय गरेर राहात वितरण गर्ने समते उहाँले बताउनुभयो । विहानै देखीगाउँपालिकाका जनप्रतिनिधि कर्मचारी, स्थानीय र इलाका प्रहरी कार्यालय सुलिचौरको टोली उद्धारमा खटिएको र मृतक वालकको शव पोष्ट मार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याउने तयारी भैरहेको समेत वडा अध्यक्ष पुनले बताउनुभयो ।