सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ
रासस
भाद्र २२, २०७७ सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताउनुभएको छ । सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्र्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।