बाटो थुनियाे राहत पुगेन, विद्युत बन्द भयाे, फोनमा समेत रुन पाएनन्
गोरखापत्र अनलाइन ,
भाद्र २१, २०७७ आईतवार
भुजीखोलामा आएको बाढीले खण्डहर बनेको ढोरपाटन नगरपालिका–९ बोवाङ्ग सडक र सञ्चार सञ्जालबाट पनि बञ्चित बनेको छ ।
बाढीले परिवारका सदस्य, घरबास, अन्नपात सर्वस्व गुमाएका बोवाङ्गवासीले सञ्चार सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँग फोनमै भए पनि रुन पाएका छैनन् । न बाहिरको खबर न आफ्नो खबर साटासाट गर्न पाए ।