सप्तरीमा २४ जनालाई संक्रमण, कुल नौसय ४० पुग्यो
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७७ मंगलवार
सप्तरीमा एकैदिन आठ महिलासहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमतिको संख्या ९४० पुगेको छ ।
संक्रमितमध्ये राजविराज कारागार, करदाता सेवा केन्द्रका एक÷एक जना कर्मचारी, राजविराज नगरपालिका वार्ड नम्बर ११ का तीन, हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का एक, वार्ड नम्बर ७ का नौ र वार्ड नम्बर ९ का नौ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत...