काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द
रासस
भाद्र २३, २०७७ मंगलवार
कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् ।
कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताउनुभयो । उहाँले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई...