जमुनाहा नाकामा २५ हजारलाई खाना, पानी र मास्क वितरण
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७७ मंगलवार
कोभिड १९ महामारीका कारण भारतबाट स्वदेश फर्किएका २५ हजार भन्दा बढी नागरिकलाई जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण गरिएको छ ।
महामारीले गर्दा भारतमा रोजगारी गुमेपछि ठुलो संख्यामा नेपालीहरु स्वदेश फर्किन थालेपछि गत जेठ २२ गतेबाट यहाँस्थित नेपाल भारत नाका जमुनाहमा तयारी खाना, पानी र मास्क वितरण कार्य शुरु गरिएको थियो ।