दार्चुलामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते
गोरखापत्र अनलाइन ,
भाद्र १०, २०७७ बुधबार
मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेका छन् । मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय...