बाँकेमा मङ्गलबार २६ जना निको भए, कुल निकाे हुने ६५४ जना, १७७ आइसोलेसनमा
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७७ मंगलवार
बाँकेमा एक महिना अगाडि संक्रमितहरु बढ्ने क्रम तिव्र भएकोमा हाल आएर निको भएर घर फर्किने क्रम बढेको छ । जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरुमा रहेका २६ जना संक्रमित संक्रमणमुक्त भएर मंगलबार घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मंगलबार ७ महिला र १९ पुरुष गरी जम्मा २६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
उहाँले...