प्रदेश ५ः जोखिमका क्षेत्र सिल, बन्दाबन्दीमा कडाई
गोरखापत्र अनलाइन ,
भाद्र ८, २०७७ सोमबार
कोरोना संक्रमणको जोखिम बढिरहँदा प्रदेश ५ का त्यस्ता जोखिमका केही क्षेत्रहरु सिल गरिएकाछन् । पछिल्लो पटक संक्रमित थपिएपछि रुपन्देहीका कञ्चन,गैडहवा लगायतका गाउँपालिकाका केही गाउँहरु सिल गरिएकाछन् । त्यस्तै जनप्रतिनिधि नै संक्रमित भएपछि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कार्यलय सिल गरिएको छ ।