कोरोनाका कारण सिल गरिएका बाँकेका सरकारी कार्यालयहरू खुले
गोरखापत्र अनलाइन
श्रावण ३२, २०७७ आईतवार
कर्मचारीमा कोरोना भारइरसको संक्रमण देखिएपछि सिल गरिएका बाँकेका तीनवटा प्रमुख सरकारी कार्यालयहरु आइतवारबाट पुनः सुचारु गरिएका छन् ।
सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने नेपालगञ्जमा रहेका आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालय आईतवारबाट सर्वसाधारणका लागि पुनः खोलिएका हुन् ।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले चारजना अधिकृत लगाययत अन्य कर्मचारी...