विराटनगरमा थप ४३ सङ्क्रमित
रासस
श्रावण ३२, २०७७ आईतवार
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।
सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ÷छ जना , विराटनगर २ र ५ का चार ÷चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन्...