बाह्रबिसे–लिपिङ खण्डमा ठाउँ ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
गोरखापत्र अनलाइन ,
श्रावण २९, २०७७ बिहीबार
भोटेकोशी बाढीको कटान र सडक माथिबाट आएको पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे लिपिङ मार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । कुल २६ किलोमिटरको उक्त सडक खण्डमा सवारीसाधान संचालन पूर्ण रुपमा बन्द भएको छ । एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेको हो ।
भोटेकोशी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ । झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ । सो सडकमा ट्रयाक समेत खन्न नमिल्नेगरि सडक बगेको छ । त्यस्तै सानो डाक्लाङ स्थित सडकमा...