logo
२०८१ चैत्र १ शनिवार



बाह्रबिसे–लिपिङ खण्डमा ठाउँ ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

मुख्य समाचार |
प्रदेश |


बाह्रबिसे–लिपिङ खण्डमा ठाउँ ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध


चित्र मिजार
सिन्धुपाल्चोक, साउन २९ गते । भोटेकोशी बाढीको कटान र सडक माथिबाट आएको पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे लिपिङ मार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । कुल २६ किलोमिटरको उक्त सडक खण्डमा सवारीसाधान संचालन पूर्ण रुपमा बन्द भएको छ । एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेको हो ।
भोटेकोशी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ । झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ । सो सडकमा ट्रयाक समेत खन्न नमिल्नेगरि सडक बगेको छ । त्यस्तै सानो डाक्लाङ स्थित सडकमा माथिबाट आएको पहिरोले सडक अबरुद्ध छ । खोल्सामा बाढी आएका कारण सानो डाक्लाङमा भीषण पहिरो गएको छ । सडक बन्द भएको सातादिन बितेपनि सो सडक कहिले बन्छ केही पत्तो छैन् ।
बाह्बिसेदेखि नै लिपिङसम्मको सडक बाढीले दजनौं खण्डमा बिगारेको छ । बाढीले खाग्दल, जम्बु, शिरिशे, इलाका प्रहरी चौकी बाह्बिसे छेउका सडक बगरमा परिणत बनाएको छ । बाह्बिसेदेखि लिपिङसम्मको सडकखण्ड चिराचिरा परेका छन् । बिभिन्न खण्डमा भासिएका छन् । सडक बग्न थालेपछि सडक माथि र सडक आसपास रहेका बस्ती जोखिममा रहेका छन् ।
डाक्लाङ पहिरोमाथि पनथली गाउँमा ३५ घरधुरी रहेको छ । उक्त पहिरोले सो बस्ती उच्च जोखिममा पारेको भोटेकोशी गाउँपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिनुभएको छ । झिर्पुको हिन्दी खोल्साले २५ घर उच्च जोखिममा पारेका छन् । उक्त सडकमा केन्द्रीय सरकारको उचित ध्यान पुग्नु पर्ने वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।
स्थानीय समाजसेवी तथा तरुण बिभागका केन्द्रीय सदस्य पासाङनृर्पु तामाङका अनुसार सडक भत्कन थालेपछि पहिरो क्षेत्रबाट नै पैदलयात्रा गर्नु पर्ने समस्या रहेको छ । पहिरोबाट आउजाउ गर्दा माथिबाट ढुंगाा झरेर लाग्ने खतरा रहेको छ । ज्यान हत्केलामा राखेर स्थानीय आउजाउ गरिरहेका छन् । भोटेकोशी बाढी र ठाडोखोलाले पीडित बनाएकाहरुलाई सहयोग लिएर जाने सहयोगीहरु पहिरोबाटै आफैले राहत बोकेर गईरहेका छन् । सहयोगीहरु जोखिम मोलेर भए पनि बाढीपीडितलाई सहयोग पुराईरहेको सहयोगी तामाङले बताउनु भएको छ ।
उहाँले तीनै तहका सरकारले बाह्बिसे लिपिङ सडकको स्त्तरोन्नतिमा लाग्नु पर्ने बताउनु भयो । अरबौं रुपियााँ राजश्व संकलन हुने तातोपानी नाका स्थित उक्त सडकमा सरकारको ध्यान नजाँदा सो सडकको बिजोग भएको समाजसेवी पासाङले बताउनु भएको छ ।
उक्त सडकखण्ड अन्र्तगत जम्बु र खाग्दल खण्डमा असार २४ गतेको बाढीले बगाए पनि मर्मत गरि सडक सूचारु गरिएको थियो । तर अहिले डाक्लाङ खण्ड नदीबाटै तानेकोले मर्मत गरेर पनि सडक सूचारु गर्न नसकिने अबस्था रहेको समाजसेवी साङबु शेर्पाले बताउनु भयो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख बिजयकुमार महत्तोले डोजर र कर्मचारी तयारी अबस्थामा राखेको र मौसम सुधार भएसँगै सडकको मर्ममतको काम थलानी गरिने जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?