चन्द समूहका १३ कार्यकर्ता पक्राउ
रासस
श्रावण २९, २०७७ बिहीबार
प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता, कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई-दुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।