सेती अस्पताल प्रयाेगशालामा दश जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
श्रावण २७, २०७७ मंगलवार
सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परक्षिणमा मंगलबार दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४६ नमूना जाँच गर्दा दश जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । सो अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दार्चुलाको मालिकार्जुन–३ मा तीन जना, सोही जिल्लाको मार्मामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।