अर्थ तथा विकास समितिद्धारा बेंसीसहर–चामे सडक निरीक्षण
गोरखापत्र अनलाइन
श्रावण २७, २०७७ मंगलवार
गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिका पदाधिकारीले डुम्रे–बेंसीसहर–चामे सडकको अनुगमन तथा निरीक्षण गरेको छ । समितिका सभापति दीपक कोइरालालगायतको टोलीले सडक अन्तर्गत विभिन्न खण्डमा बाढीपहिरोको पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको हो । अनुगमन टोलीले बेंसीसहर नगरपालिका ७ सहजी नजिकैको पुमाखोलामा आएको बाढीले पु¥याएको क्षति, बेंसीसहर नगरपालिका ६ बेलौतीविसौना, खरखरे पहिरो, मस्र्याङदी गाउँपालिका ३ खुदी क्षेत्र,...