जनकपुरका पूर्वमेयर गिरीको कोरोना सङ्क्रमणबाट मृत्यु
गोरखापत्र अनलाइन ,
श्रावण २८, २०७७ बुधबार
नकपुरधामका पूर्व नगर प्रमुख कृष्ण गिरीको मृत्यु भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको राति १२ बजेर १० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।जनकपुरधामस्थित होटेल रामाका सञ्चालक समेत रहनुभएका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निबासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।