धनगढीका तीन सय घर डुबानमा, ५५ घरमा क्षति
गोरखापत्र अनलाइन ,
श्रावण २६, २०७७ सोमबार
दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी, चटकपुर लगायतका अधिकांश भूभागमा डुवान भएको हो ।
बिशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताउनुभयो । उहाँले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताउनुभयो । सबैभन्दा बढि धनगढीको...