छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेलाई
रासस
असार २९, २०७७ सोमबार
बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो ।
शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ । बिरामी छिमेकीलाई भेट्न भएका कलु सार्कीका श्रीमान् तुले र उहाँका १४ वर्षीय छोरा रमेश छोरा कुम्दस्थित गोठमा गएका कारण...