मोरङको चिसाङ र बक्राहा खोलामा बाढी, आठ परिवार विस्थापित
गोरखापत्र अनलाइन ,
असार २८, २०७७ आईतवार
मोरङको चिसाङ र बक्राहा खोलामा आएको बाढीले आठ परिवार विस्थापित भएका छन् । सयौंँ बिगाहा जमिन कटान भएको छ । लगातारको वर्षापछि चिसाङ खोलामा आएको बाढीले कानेपोखरी, दुखीटोलका आठ परिवार विस्थापित भएका छन् ।
स्थानीय टेकबहादुर मगरका अनुसार सबिता दनुवार, सोममाया दनुवार, दिलबहादुर दनुवार, विष्णु माझी, उदयबहादुर माझी, लखन चौधरी, डम्बरबहादुर माझी र मोहन तिम्सिनाको परिवार विस्थापित भएको हो । विस्थापित परिवारलाई उद्दार गरी स्थानीय...