मोरङमा बाढी र डुबान : १८ परिवार विस्थापित, धान खेतमा क्षति
गोरखापत्र अनलाइन
असार २८, २०७७ आईतवार
तीनदेखिको अविरल वर्षाका कारण मोरङका विभिन्न स्थानका खोलामा आएको बाढी, डुबान तथा पहिरोले १८ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कानेपोखरी, उर्लाबारी, मिक्काजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु-याएको हो ।
मोरङको कानेपोखरी–५, दुखीटोलमा चिसाङ खोलाको बाढीको कटानले सात घर जोखिममा परेका छन् । खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२...