प्रदेश नं १ मा १७ सङ्क्रमित थपिए, ४९ जना काेराेना जितेर घर फर्किए
रासस
असार २५, २०७७ बिहीबार
प्रदेश नं १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई÷दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो ।