सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बीओपी स्थापना
रासस
असार २६, २०७७ शुक्रबार
सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।