अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो
गोरखापत्र अनलाइन ,
असार २४, २०७७ बुधबार
सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ ।
नगरपालिकाको शिक्षा, कृषि शाखाका एक जना र एकजना टिप्पर ड्राइभरलाई कोरोना देखिएको हो । नगरपालिकाकाले तीनै जनालाई आइसोलेसनमा पठाइसकेको छ भने कार्यालय भने सामान्य रुपमा चलिरहेको छ ।
यसअघि कोरोना पुष्टि भएका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष, एक स्वास्थ्यकर्मी र...