अरब पुगेको आठ महिनामा परिवार सबै गुमे, टुटे सपना
रासस
असार २४, २०७७ बुधबार
घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहनुभएको थियो । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गर्नुभयो । साँझ ७ बजेको थियो, श्रीमती कमला खेत रोपेर घर आइसकेकी थिइनन् । छोरा जेनिशले आफ्नो मोबाइलमा...