कोरोना विशेष अस्पताल बनाउने निर्णय भयो, अहिलेसम्म काम भएन
गोरखापत्र अनलाइन
असार २३, २०७७ मंगलवार
पोखरा ३० शिशुवास्थित लेखनाथ सामुदायिक अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म कामसमेत सुरु गरेको छैन । एक हजार पाँच सय शय्याको स्वीकृत लिएको अस्पतालमा हाल ६० शय्यामा रहेको छ ।
कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिले समेत गत चैतमा सो अस्पताललाई ६० शय्याको कोरोना विशेष अस्पताल बनाउने...