कोरोनाले मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका सबैको पीसीआर नेगेटिभ
गोरखापत्र अनलाइन
असार २२, २०७७ सोमबार
कोरोनाबाट मृत्यु भएका स्याङ्जाका दोस्रो व्यक्तिको सम्पर्कमा रहेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । असार १० गते उपचारका क्रममा पोखरामा मृत्यु भएका अर्जुन चौपारी-४ घर भई आँधीखोला गाउँपालिका-१ मा व्यापार गरी बस्ने ५५ वर्षीय कोरोना सङ्क्रमित पुरुषका परिवारहरू पत्नी, छोराछोरी, आमा, दाजुभाइसहित सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । सम्पर्कमा...