बाटो बन्द छ, राहत पुगेन, पहिरो आउने त्रास कायमै
गोरखापत्र अनलाइन ,
असार २१, २०७७ आईतवार
शुक्रबार राति १ बजे गाउँको मध्य भागमा पहिरो गएपछि विस्थापित भएका परिवारहरुको बिचल्ली भएको छ । लगाएको लुगाबाहेक सबै घरसहित पहिरोले बगाएपछि केदारस्यूँ गाउँपालिका-८, मल्लेसीका १८ परिवारलाई खान बस्न तथा लुगाकपडाको समस्या भएको छ .