एक हजार घरपरिवार पहिरोको जोखिममा
गोरखापत्र अनलाइन ,
असार २१, २०७७ आईतवार
पुरचौडी नगरपालिका–८, मल्लादेखिका डम्बर कुँवरको ८५ रोपनी जग्गा र बस्ने घर लामुनी पहिरोले निलेपछि कुँवर अहिले सुकुम्बासी बन्नुभएको छ ।
सुर्नया गाउँपालिका–८, ढोल्यागाउँमा गत वर्ष डोजरले सडक खन्दा पहिरो खसेपछि अम्मर बोहरा, लालबहादुर बोहरा, महावीर बोहरा, धौलसिंह बोहरा र डम्बर बोहराको परिवार अहिलेसम्म घर फर्किन सकेका छैनन् । विस्थापित परिवारलाई कुनै निकायले सहयोग नगरेको पीडितको गुनासो छ ।