गण्डकीमा थपिए १६ सङ्क्रमित , एकको मृत्यु, कुल सङ्क्रमित १०७९ पुग्यो
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
गण्डकी प्रदेशमा कोरोना शनिबार १६ जना सङ्क्रमितको थपिए सगै सङ्ख्या एक हजार ७९ पुगेको छ । शनिबार बिहान छ जिल्लामा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार बिहान १६ जना सङ्क्रमित थपिएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका दुई पुरुषमा बागलुङको बरेङ र ढोरपाटनका...