भारतबाट आउनेको सङ्ख्या घट्दै, मङ्गलबार एक हजार १६८ भित्रिए
गोरखापत्र अनलाइन ,
असार २, २०७७ मंगलवार
सुदूरपश्चिमका मुख्य दुई नाकाबाट मङ्गलबार एक हजार १६८ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने २६४ भारतीय नागरिक भारत फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २२० नेपाली भित्रिएका छन् भने १०३ जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या सोमबारको तुलनामा घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...