आगामी वर्षको बजेट ८० प्रतिशत खर्च हुन्छः मन्त्री गुरुङ
गोरखापत्र अनलाइन ,
असार २, २०७७ मंगलवार
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष ०७७/०७७ को बजेट ८० प्रतिशत खर्च हुने अनुमान रहेकाे बताउनुभएकाे छ ।
हिजो गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको लागि ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो । कुल बजेटमध्ये चालुतर्फ १४ अरब ३४ करोड, पुँजीगततर्फ १९ अरब ९९ करोड र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।