गण्डकीमा थपिए ४६ काेराेना सङ्क्रमित, कुल सङ्ख्या २९४
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
गण्डकी प्रदेशमा बिहीबार ४६ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११, पवतमा पाँच र मनाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २९४ पुगेको हो ।
मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगङ्गा निवासी ५७ वर्षीय पुरुषबाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरू...