वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध
रासस
असार ३, २०७७ बुधबार
केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध भएका छन् । एक सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खस्दा उक्त स्थानका सडक अवरुद्ध बनेकाे हो ।