गण्डकी प्रदेशले प्रस्तुत ग-याे ३४ अर्ब ८४ करोडकाे बजेट
गोरखापत्र अनलाइन ,
असार १, २०७७ सोमबार
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७०/७८ का लागि ३७ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपियाँको बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशसभाको छैठौँ अधिवेशनको १९ औँ बैठकमा गण्डकी प्रदेश सरकारका आर्थिक योजनामन्त्री किरण गुरुङले प्रदेशको वार्षिक आय र व्ययको अनुमानसहित उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रदेशसभामा प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ १९ अर्ब, ९९ करोड ९४ लाख ७६ हजार, चालूतर्फ १४ अर्ब, ३४ करोड, २६ लाख ८४ हजार...