कर्णालीमा थप ११० जना सङ्क्रमित कुल एक हजार नाघे, १५१ जना निकाे भए
गोरखापत्र अनलाइन ,
असार १, २०७७ सोमबार
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । सोमबार मात्रै नयाँ ११० जना सङ्क्रमित थपिएपछि कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ७७ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन जना थप भएपछि कुल सङ्क्रमितको सङ्ख्या एक हजार ७७ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयले...