भारतबाट नेपाली आउने क्रम जारी, एक हजार ७९२ भित्रिए, ५८० भारतीय बाहिरिए
गोरखापत्र अनलाइन ,
जेष्ठ ३१, २०७७ शनिबार
सुदूरपश्चिमका दुई मुख्य सीमा नाकाबाट शनिबार एक हजार ७९२ भित्रिएका छन् भने नेपालमा रोजगारीका लागि आएका भारतीय नागरिक ५८० बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४३८ नेपाली भित्रिएका छन् भने ५० जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।