logo
२०८१ मंसिर १४ शुक्रवार



बेलहिया नाकाबाट ४०७ भित्रिए, ४२८ बाहिरिए

फिचर |
प्रदेश |


बेलहिया नाकाबाट ४०७ भित्रिए,  ४२८ बाहिरिए


लक्ष्मण पौडेल
भैरहवा, जेठ ३१ गते । रुपन्देहीको बेलहिया नाका भएर शनिबार ४०७ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै बेलहिया नाका भएर शनिबारै ४२८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा भारत प्रवेश गर्नेको सङ्ख्या भने कमी देखिएको छ ।
शुक्रबार नेपालबाट एकहजार १२८ जना भारततर्फ प्रवेश गरेका थिए भने ४३१ जना नेपाल आएका थिए । बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार नेपाल आएका नेपालीमध्ये अधिकांश आआफ्नो जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्ने गरेका छन् भने कतिपयलाई होम क्वारेन्टाइनमा पनि पठाउने गरिएको छ ।
कतिपय जिल्लाका स्थानीय तहहरुले भने आफ्ना नागरिकलाई आफैँले गाडीको व्यवस्था गरेर पनि लैजाने गरेका छन् । आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवा र आसपासका क्षेत्रमा क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपाली रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेका छन् । त्यसपछि दुवै देशको समन्वयमा एकअर्का देशका नागरिकलाई वारपार गराउने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?