भारतबाट एकै पटक धेरै आउँदा क्वारेन्टाइन अपुग, बसाइ असुरक्षित
गोरखापत्र अनलाइन ,
जेष्ठ १६, २०७७ शुक्रबार
पछिल्लो समय भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् ।
भारतका विभिन्न शहरबाट अनेकाैँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ कष्टपूर्ण बनेको छ । जिल्लाका लम्कीचुहा, गौरीगङ्गा, भजनी, घोडाघोडी लगायतका स्थानीय तहमा विद्यालयमा बनाइएका क्वारेन्टाइनमा खानेपानी, शौचालय, खाना बस्नको व्यवस्थापनमा समस्या देखिएको छ ।