कोरोना सिर्जित चुनौतीलाई अवसरका रुपमा उपयोग गर्न जोड
रासस
जेष्ठ १६, २०७७ शुक्रबार
गण्डकी प्रदेशसभाको आजको बैठकमा कोरोना सिर्जित चुनौतीलाई अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७७ को सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा प्रदेशसभा सदस्यले अर्थतन्त्र नै तहसनहस गर्ने गरी कोरोना भाइरसले थपेको चुनौतीका बाबजुद कृषिजन्य उत्पादनको वृद्धि गर्दै आत्मनिर्भतातर्फ उन्मुख बन्ने अवसर सिर्जना गरेको...