कालिका मन्दिर परिसरमा चरीको चिरबिरमात्रै
रासस
जेष्ठ ४, २०७७ आईतवार
शनिबार बिहान ८ बजेको थियो । चरीको चिरबिर र सालका पातको सल्याङमल्याङबाहेक मन्दिर परिसरमा कोही थिएन । प्रवेशद्वारबाट भित्र लागेपछि अलि पर मन्दिर छेवैमा केही कर्मचारी सरसफाइको काम गरिरहेका थिए । मन्दिरको मुख्य ढोकाभन्दा अघिपट्टि टिनटिन बज्ने घण्टीले बज्न नपाएको धेरै भएको छ । मन्दिर परिसरमा दैनिक पुग्ने पुजारी र सरसफाइमा काम गर्ने स्वयंसेवकबाहेक ती घण्टीले अरु कसैलाई नदेखेको दुई महिना बित्यो ।