भारतबाट आएका नेपालीलाई लक्षित गरी थप क्वारेन्टाइन निर्माण
गोरखापत्र अनलाइन
जेष्ठ ५, २०७७ सोमबार
भारतमा विभिन्न पेसामा रहेका नेपाली फर्किन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । भारत सरकारले लकडाउनबिच रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् । भारतको सङ्क्रमित स्थानहरूबाटसमेत विद्यार्थी, मजदुर, व्यवसायीलगायतका मानिसहरू फर्किन थालेपछि सङ्क्रमणको उच्च जोखिम बढेको हो । पछिल्लो एकसाता यतादेखि रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट...