मूल्यवृद्धिको गुनासोपछि बजार अनुगमन
रासस
बैशाख ३०, २०७७ मंगलवार
प्युठानमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेपछि बजार अनुगमन शुरु गरिएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि दैनिक उपभोग्य सामग्री दाल, चामल, चिनी, मैदासँगै रिचार्ज कार्डमा मूल्यवृद्धि भएको गुनासो आएका कारण अनुगमन थालिएको स्थानीय तहले जनाएका छन् ।