कोरोना सङ्क्रमित महिला डिस्चार्ज, चितवन कोरोनामुक्त जिल्ला
गोरखापत्र अनलाइन ,
बैशाख ३१, २०७७ बुधबार
पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित ६३ वर्षीया महिला भरतपुर अस्पतालबाट वुधबार डिस्चार्ज हुनुभएको हो । सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उहाँमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताउनुभयो ।