logo
२०८१ मंसिर ९ आईतवार



उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल ११०

स्वास्थ्य |
मुख्य समाचार |
प्रदेश |


उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल ११०


नवराज कट्टेल
विराटनगर, बैशाख २७ गते । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले एकजनामा संक्रमण पुष्टि भएको ल्याब परीक्षणको रिपोर्टले देखाएको बताउनुभयो । तर स्वास्थ्य मन्त्रालयबाट औपाचारिक रुपमा पुुष्टि गर्न बाँकी रहेको छ ।
संक्रमित महिलाको परिवारका सदस्य यस अगाडि संक्रमित भएको वा नभएको विषयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहिचान भईरहेको डा. मिश्राले बताउनुभयो
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले संक्रमित पुष्टि भएको र व्यक्तिको विस्तृत विवरण बुझ्ने काम भईरहेको बताउनुभयो । भर्खरै सूचना प्राप्त भएसँगै हामीले सम्बन्धित क्षेत्रमा पुगेर पहिचान गरि संक्रमितलाई परिवार र समुदाय भन्दा अलग राख्ने तयारी गरिरहेका छौं ।
प्रदेश १ मा योसँगै संक्रमितको संख्या ३५ पुगेको छ । आजै उदयपुरका तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या ३२ जना पुगेको छ । तर, उपचारपछि उदयपुरका १४ जनाले स्यावस्थ्य लाभ समेत लिईसक्नु भएको छ ।
कोभिड–१० उपचार केन्द्रमा यस अगाडीका १७ सहित आज दिउँसो भर्ना गरिएका ३ गर २० जनाको उपचार भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?