राती ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा
रासस
बैशाख २०, २०७७ शनिबार
भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुग्नुभएको थियो । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उहाँसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बस्नुभयो । अहिले उहाँहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी...