गिट्टी कुट्ने महिला भन्छन, न राहतको आश न कोरोनाको त्रास
गोरखापत्र अनलाइन ,
बैशाख १९, २०७७ शुक्रबार
डडेल्धुरा जिल्लाको स्याउले बजार देखि डोटीको सिलगढी सम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको लकडाउनका कारण एक महिना जती काम छोड्नु परे पनि पछिल्लो समयमा सरकारी स्तरबाट नै सुरक्षित तरिकाले निर्माणका कामहरु अगाडि बढाउने निर्णय गरे सँगै गिट्टी कुटेर आर्थिक उपार्जन गर्ने महिलाहरु बिस्तारै काममा फर्किरहेका छन् ।