गोकर्ण दयाल
बैतडी, वैशाख २० गते । भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याईएको एक जनाको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ । बैतडीको उत्तरपूर्वी क्षेत्रको पुरचौडी नगरपालिका–६ भूमिराजका ६७ वर्षिय जुनी लोहारको आज बिहान ६ बजे मृत्यु भएको हो ।
लोहार १८ गते भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाबाट नेपाल भित्रिनु भएको थियो । उहाँको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको स्वाब संकलन गरेर धनगढी पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।
मृतकको दाहसंस्कार गर्दा पनि सावधानी अपनाएर प्लाष्टिकले छोपेर परिवारलाई दाहसंस्कार गर्न दिने र मलामी गएका सबैलाई छुट्टै क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रािद भट्टले जानकारी दिनुभयो ।
वैशाख १८ गते बैतडीको झुलाघाट र दार्चुलाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका २६ सय ९५ जना सीमा नाका खोलेर नेपाल ल्याईएको थियो । नेपाल भित्रिएका सबै जनाको ईन्फारेट थर्ममिटरले ज्वरो आए नआएको चेकजाँच गरेर भित्र्याईएको थियो ।
बैतडीको झुलाघाट नाकाबाट एकहजार दुईसय ९९ र दार्चुला नाकाबाट एकहजार दुईसय ९६ गरि कुल दुईहजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएका सबैलाई सम्बन्धित जिल्लाका स्थानीय तहको क्वारेन्टाइनमा पठाईएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।